१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एक्सपर्ट फाउण्डेशनको रक्तदान सम्पन्न



बुटवल । एक्सपर्ट फाउण्डेशन रुपन्देही शाखाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ का कारण हुन सक्ने रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यले फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र बुटवल र लायन्स मणिग्रामको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको एक्सपर्ट फाउण्डेशन नेपालका अध्यक्ष रोशन कंडेलले जानाकारी दिए । फाउण्डेशनले नेपालका आफ्ना २१ शाखाहरु बाट स्थानिय रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गर्ने कार्यक्रम अनुसार बुटवलमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

फाउण्डेशनले यस अघि नेपालभर विभिन्न शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । फाउण्डेशनले भुकम्पको समयमा सिन्धुपाल्चोकको चेलाङ माध्यमिक विद्यालयमा १० लाख बराबरको भवन निर्माण, नुवाकोटमा ७ लाख ५० हजार राहत वितरण गरेको थियो ।

त्यस्तै गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि गोरखामा १ लाख, महाविर पुनलाई १ लाख, क्रिकेट विकासका लागि १ लाख ५० हजार, बाढि पिडितलाई ५ लाख ७५ हजार सहयोग गरेको थियो । त्यस्तै एक्सपर्टले कोरोनाका कारण अप्ठयारोमा परेका विद्यार्थीहरुलाई २ लाख ३२ हजार अष्टेलियन डलर अथार्त १ करोड ८५ लाख बरारबको खाद्यान्य वितरण गरेको थियो ।

फाउण्डेशन एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको भातृ संगठन हो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम