७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारहरुको नामावली प्रकाशन हुने



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज (बिहीबार) सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार बिहीबार उम्मेदरहरुको नामावली प्रकाशन गरिन लागिएको हो ।

उम्मेदवारी दिएकाहरुको मनोनयपत्रमाथि बुधबार जाँचबुझ भएको थियो । बुधबार नै उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गरेको थियो । यस्तै, मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार उजुरी आह्वान गरेको थियो । बुधबार हरेक उम्मेदवारको मनोनयनपत्रका साथै सो उपर कुनै उजुरी परे नपरेको जाँचबुझ गरिएको थियो ।

मनोनयपत्र दर्ता भएका उम्मेदवारको मननोयनपत्र तथा उजुरी उपर जाँचबुझ भएपछि बिहीबार नामावली प्रकाशन गरिने भएको हो । त्यसपछि आयोगले उम्मेदवारहरुलाई नाम फिर्ताको समय दिनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगको निर्धारण गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । यस्तै, शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए । राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए ।

राष्ट्रियसभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।

पदावधि सकिन लागेका २० मध्ये राष्ट्रपतिबाट मनोनित हुने एउटा सिट बाहेक अन्य १९ सिटका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सात प्रदेशमा १-१ मतदानस्थल र २-२ वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज