९ श्रावण २०८३, शनिबार | July 25, 2026

‘भारतीय कांग्रेस अयोध्या प्राणप्रतिष्ठामा सहभागी नहुँदा सोनिया गान्धीलाइ पशुपतिनाथमा प्रवेश नदिएको चर्चा’



नयाँदिल्ली । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय कट्टरपन्थी हिन्दुहरूले शाब्दिक हमला सुरु गरेका छन् ।

कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी नहुने भएपछि कांग्रेस विरुद्ध कट्टरपन्थी हिन्दुहरुको शाब्दिक हमला सुरु भएको हो । भारतीय कांग्रेसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन यो कार्यक्रम आयोजना गरेको हो ।

गत बुधबार कांग्रेसले आफ्नो अडान स्पष्ट गरेलगत्तै भाजपा आक्रमणको मोडमा आएको छ भने र कांग्रेसलाई हिन्दू विरोधी भएको आरोप लगाउन सुरु गरेको छ । भारतमा चलिरहेको यो धार्मिक द्धन्द्धको घटनासँगै सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बिषय पुनः उठान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो सन् १९८८ को घटना हो, सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र नेपालको सम्बन्ध चिसिन पुगेको थियो ।

त्यतिबेला राजीव गान्धी प्रधानमन्त्री थिए र उनको नेपालका पूर्वराजा वीरेन्द्र वीरविक्रम सिंहसँग राम्रो सम्बन्ध थियो । राजीव गान्धी नेपाल भ्रमणमा थिए र सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् । गान्धी परिवार पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे तर सोनिया गान्धी क्रिश्चियन भएकाले उनलाई प्रवेश गर्न दिइएन ।

यसपछि राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाए, जसलाई सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिएको थियो भनेर भारतीय सञ्चारमाध्यमले अहिले लेख्न थालेका छन ।

नोभेम्बर १९८७ मा सार्क शिखर सम्मेलनमा भाग लिए पछि राजीव गान्धीले सन् १९८८ मा पुनः नेपाल भ्रमण गरे । यस क्रममा सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् र राजीव गान्धीले उनलाई आफ्नो परिवारसँग पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहेका थिए । यसका लागि उनी राजा वीरेन्द्र विक्रम शाहसँग कुरा गर्न गए । पशुपतिनाथ मन्दिरमा हिन्दू बाहेक अन्य धर्मका मानिसलाई प्रवेश निषेध छ ।

राजा वीरेन्द्रले यस मामिलामा राजीव गान्धीलाई सहयोग गर्न सकेनन् र यस मामिलामा पुरोहितहरूलाई यस्तो आदेश दिन असमर्थता व्यक्त गरे। नेपालकी महारानी ऐश्वर्या शाहको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा धेरै प्रभाव थियो र उनले मन्दिरमा गैर हिन्दूको प्रवेश दिने बिषयमा आपत्ति थियो। यो घटनालाई राजीव गान्धीले अपमानको रुपमा लिएर मन्दिरमा गएर पूजा नगरी फर्किएको त्यतीबेला चर्चा गरिएको थियो ।

यस घटनाको केही समयपछि सोनिया गान्धीलाई मन्दिर प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिदैँ नेपालमाथि नाकाबन्दी लगाइएको थियो । तर, नाकाबन्दी हुनुको यो मात्रै कारणा भने थिएन, अर्को एउटा कारण थियो– नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन र अन्य हतियार किनेको घटना ।

त्यतिबेला नेपाल एक मात्र हिन्दू राष्ट्र थियो र पशुपतिनाथ मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थल थियो।

सोनिया गान्धीले त्यही समयमा भारतीय नागरिकता लिएकी र उनी पुरीको जगन्नाथ मन्दिर जान चाहन्थे तर पुरीको शंकराचार्यले पनि उनलाई अनुमति दिएका थिएनन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ३८ बजे

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन