१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

उपमहानगरको बजेटबाट बनेको पृथ्वीनारायण शाहको शालिक राप्रपा नेताबाट अनावरण



बुटवल। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक राप्रपाका स्थानीय नेताबाट शुक्रबार अनावरण गरिएको छ । २७ पौष अर्थात पृथ्वी जयन्तीको अवसर पारी बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको पूर्णकदको शालिक राप्रपाका स्थानीय नेता रुपसिंह थापाबाट अनावरण गरिएको हो ।

बुटवल उपमहानगरको १० लाख तथा वडा नम्बर १० ले ५० हजार आर्थिक सहयोगबाट शालिक निर्माणको थालनी गरिएकोमा थप रकम स्थानीय पृथ्वीचोक बासी र शुभचिन्तकबाट संकलन गरी निर्माण शालिक निर्माण गरिएको थियो ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राप्रपाका स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारी लगायतको उपस्थितीमा शालिक अनावरण गरिएको छ । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत राजमार्ग चौराहदेखि दक्षणितर्फ सडकको हरियाली क्षेत्रमा सालिक निर्माण गरिएको छ । अनावरण कार्यक्रममा रकम उपलब्ध गराउन उपमहानगरका पदाधिकारीको भने उपस्थिती रहेको थिएन ।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरुले ईतिहाँस मेट्दै जाँदा नयाँ पुस्ता ईतिहाँस जान्नबाट विमुख हुने गरेकोले नयाँ पुस्ताले ईतिहाँसबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यले सडक किनारमा सालिक निर्माण गरिएको राप्रपा नेता थापाले जानकारी दिए। शालिकको शिलान्यास भने एमाले युवा नेता एवं बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बलबहादुर पुनले गरेका थिए ।

करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको थापाले जानकारी दिए। ढलोटबाट निर्माण गरिएको उक्त सालिक सात फिट उचाइँको रहेको छ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ०५ बजे

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन