११ श्रावण २०८३, सोमबार | July 27, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । विधान मस्यौदामाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।

बैठकमा माओवादीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षासमेत हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा ‘बिफ्रिङ’ गर्ने बताइएको छ । माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : १३ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०