२६ बैशाख २०८१, बुधबार | May 9, 2024

कोइला खानी दुर्घटनामा मध्य चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता



झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन् ।

आपतकालीन व्यवस्थापन मन्त्रालयबाट खटिएका कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या एकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ ।

उद्धार कार्य अझै जारी छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ४० बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s