२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

इन्टलेक्च्युअल स्कूलमा खेल सप्ताह समापन तथा पुरस्कार वितरण समारोह



बुटवल । बुटवल-११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरिएको छ ।

खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रिले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चि दौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।

खेल सप्ताहको अवसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गरेका थिए । खेल सप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल, संचालक एवं प्रवन्ध निर्देशक रामराज पोख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ३४ बजे

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता

विशिष्ट पदाधिकारी, दलका नेता र लब्ध प्रतिष्ठित व्यक्तिले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले