१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिशुली नदीमा ‘गाडी खसेको’ सूचना, खोजीका लागि गोताखोरको टोली परिचालन



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा ‘गाडी खसेको’ सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट ‘गाडी खसेको’ भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय बासिन्दाले मंगलबार बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३ नम्बर पुलबाट गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको जानकारी दिए ।

अहिले सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली गाडी खसेको भनिएको स्थानमा पुगेर खोजी सुरु गरेको छ । गाडी खसेको भनिएको स्थानमा नदीभित्र लाइट बलेको देखिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । अहिले भने लाइट निभेको छ ।

गाडी खसेको भनिएको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । तर नदीमा खसेको भनिएको गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो थियो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज