११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह



धनगढी । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।

नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न आग्रह गरेको हो।

बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको कांग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए। ुगठबन्धन दलहरू एक भएर अगाडि बढ्नुपर्छ। यसले राम्रो सन्देश पनि दिन्छ। अहिले विभाजित हुने बेला होइन्, सबैले मिलेर विकास गर्ने बेला हो,ु मिश्रले भने।

मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा वडुवाल, नेकपा समाजवादीबाट दीर्घराज कापडी जोशीलगायतको सहभागीता रहेको थियो।

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द उपस्थित रहेका थिए।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ०४ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक