१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मूर्ति कार्यशालामा साहित्यक रचना वाचन



कपिलवस्तु । बाणगंगा साहित्यक प्रतिष्ठानले कपिलवस्तु सगरहवामा सञ्चालित कपिलवस्तु मूर्ति कार्यशालामा बिहिबार साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले कार्यशाला स्थलमा प्राचिन कपिलवस्तु र सगरहवाको ऐतिहासिकता झल्काउने गरी कविता वाचन गरी कार्यक्रम गरेको हो ।

लुम्बिनी विकास कोष सहित कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित स्थानीय संघसंस्थाहरुको समेत सहयोगमा पुस २३ गतेदेखि सगहरवामा मूर्तिकार्यशाला चलिरहेको छ । मूर्तिकारहरुले सगरहवाको प्राचिन ऐतिहासिकतालाई ढुंगामा कुँदिरहदा साहित्यकारहरुले समेत हौसला बढाउन कार्यक्रम गरेका हुन ।

साहित्यीक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, विज्ञ समितिका सदस्य चर्तुभुज पाण्डे, देवेन्द्र कुमार पोखरेल, साहित्यकार मोहन प्रसाद अधिकारी, कृष्ण प्रसाद घिमिरे, नित्यानन्द पाण्डे, सूर्य प्रसाद भुसाल, मूर्तिकार राजु पिठाकोटे, जंग पहाडी लगायतले सगरहवाको ऐतिहासिकता र प्राचिन कपिलवस्तुका विषयमा विभिन्न रचना वाचन गरेका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई, कार्यकारी सदस्य रामनरेश प्रसाद कोहार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य लगायतले बोल्दै सहगरवाको ऐतिहासिकतालाई मूर्तिमा उतार्ने कार्यले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सहयोग पुग्ने बताएका थिए । मूर्तिकार्यशाला स्थलमा दैनिक रुपमा स्थानीयहरुले साँस्कृतिक कार्यक्रम समेत देखाइरहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य बलराम अधिकारी, प्रदेश सांसद विष्णु पन्थी, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, वाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरे, काँग्रेस नेता राजेश आचार्य, अब्दुल मण्डाल खाँन, संस्कृतीविद् डा. जगमान गुरुङ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली लगायतले कार्यशालाको निरीक्षण भ्रमण गरेको सदस्य सचिव दामोदर सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ५ : ४० बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा