१६ माघ २०८२, शुक्रबार | January 31, 2026

नेपालकी छोरी बिबाह गरेको भन्दै अयोध्यामा प्राणप्रतिष्ठाका दिन नेपालको पालिकामा सार्वजनिक बिदा



कपिलवस्तु । भगवान रामलाई नेपालको ज्वाईको दर्जा दिँदै अयोध्यामा राम मन्दिरको प्राण प्रतिस्ठाका दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले सोमबार स्थानीय बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको तर्क गरेका छन् । अध्यक्ष चौधरीले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको जनाएको छ ।

पालिकाले सोमबारका दिन पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ३६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी