१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

सगरहवामा सञ्चालित कार्यशालाको पूर्वमन्त्री ज्ञवालीद्धारा अवलोकन निरीक्षण



लुम्बिनी । कपिलवस्तु नगरपालिका वडा न. ९ स्थित सगरहवामा सञ्चालित कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशालाको पूर्वमन्त्री प्रदीप ज्ञवाली सहितको टोलीले अवलोकन गरेको छ ।

प्राचिन शाक्य गणराज्य कपिलवस्तुको पतनसँग सम्बन्धित सगरहवाको पुरातात्विक, ऐतिहासिक पक्षलाई प्रस्तरमा उतार्ने गरी पुस २३ देखि कार्यशाला चलिरहेको छ । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित विभिन्न सरकारी र स्थानीय संघसंस्थाको आयोजनामा सञ्चालित कार्यशालाको पूर्व संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री एंव नेकपा एमालेका उपमहासचिव ज्ञवालीले शुक्रबार निरीक्षण सहित निर्माणधिन मूर्तिहरुको अवलोकन गरेका हुन ।

अवलोकन पश्चात पूर्वमन्त्री ज्ञवालीले कलाकारहरुले हजारौं शाक्यहरुको सामूहिक बध गरिएको स्थल सगरहवाको त्रासदी र ऐतिहासिक पक्षलाई झल्काउने गरी मूर्ति निर्माण हुनु राम्रो भएको बताए । उनले अवलोकन पश्चात सामाजिक सञ्जाल मार्फत अवलोकनको अवसर पाएकोमा खुशि व्यक्त गरेका छन ।

‘कपिलवस्तु पुगेका बेला हजारौँ शाक्यहरूको सामूहिक बध गरिएको स्थल सगरहवा ( लम्बुसागर) पुग्ने अवसर जु¥यो । शुध्दोधन दरबारकै कन्या वासकबतियाबाट जन्मिएका कोशल राजकुमार बिरूध्दक (बिरूढव) लाई कपिलवस्तु मामाघर आएका बेला दासीपुत्र भनेर अपमान गरिएको र त्यो थाहा पाएर उनले आफ्ना सेना जम्मा गरी कपिलवस्तुमा आक्रमण गरेको र ज्यान जोगाउन सगरहवामा लुकेका हजारौँ शाक्यहरूको बध गरेका थिए भन्ने भनाइ रहेछ । पुरातात्विक उत्खननले त्यसका केही प्रमाणहरू जुटाएको पनि पाइयो ।

आक्रमण गरेर आफ्नो राज्य कोशल फर्किँदै गर्दा उनीहरूलाई रापतीको बाढीले बगाएको पनि भनिँदो रहेछ ’ पूर्वमन्त्री ज्ञवालीले फेसबुकमा लेखेका छन । उनले सगहरवा जस्तो महत्वपूर्ण स्थानबारे जानकारी पाएकोमा खुशि व्यक्त गर्दै मूर्तिकलाले त्यस क्षेत्रको विकास गर्ने बताए । उनले मूर्तिकलाको समग्र विकासका लागि समेत प्रतिबद्धता जनाएका छन् । उक्त अवसरमा पूर्व मन्त्री ज्ञवालीलाई लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेश कोहार, मूर्तिकला कार्यशाला सचिवालय सदस्य ललित गुरुङ लगायतले स्वागत गरेका थिए । ज्ञवालीसँगै नेकपा एमाले कपिलबस्तुका पूर्व अध्यक्ष झविलाल पोख्रेल, प्राध्यापक गुणखर गैरै, लगायतका स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । कार्यशाला माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : १२ बजे

वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

काठमाडौँ । पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले

तराईमा चल्ने ‘लु’ बारे काठमाडौंमा सम्वाद : जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । तराईमा अत्याधि गर्मीसँगै चल्ने तातो हावा ‘लु’ का

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ

बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन