२१ माघ २०८२, बुधबार | February 4, 2026

भोलिबाट खजुरामा अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिता



खजुरा । राष्ट्रपति रनिङशिल्ड अन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । खजुरा गाउँ पालिकाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

खजुरा २ स्थित शुक्र भलिवल रङ्गशालामा आयोजना हुने अन्तर विद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य किशोसिंह राठोरले गर्नेछन् । प्रतियोगितामा खजुरा गाउँपालिका अन्तर्गतका ६९ बिद्यालयबाट १ हजार ३०४ विद्यार्थीहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा माध्यामिक तह (कक्षा ९-१२) अन्तर्गत १५ वटा खेल खेलाइनेछ भने आधारभुत तह (कक्षा ६-८) तहमा १० खेल खेलाईने छ । त्यसैगरि आधारभुत तहको कक्षा १ देख ५ कक्षा अन्तर्गत ३ खेल खेलाइने पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा माध्यामिक तहमा एथलेटिक्स, भलिवल र कबड्डी गरि ३० इभेन्ट, आधारभुत तर्फ १० इभेन्ट र प्राथमिक तर्फ ६ वटा एथलेटिक्स इभेन्टमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३३ हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेले २० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने विद्यालयले १४ हजार नगद सहित प्रमाणपत्र पाउने छन् । भलिबल, कबड्डी र एथलेटिक्स तर्फ उत्कृष्ट छात्र छात्रालाई जनही ५ हजार १ सय पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

मेयर रनिङशिल्ड छनौट प्रतियोगिता भएकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रपति रनिङशिल्डको जिल्ला र प्रदेशको छनौट खेलमा पठाइने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आगामी वर्षदेखि खजुरा क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको नाममा पुरस्कार घोषणा गरिने प्रतिबद्धता जनाए । उनले मेयर रनिङशिल्डलाई पालिकाले १३ लाख बढी बजेट बिनियोजन गरेको जानकारी दिँदै १५ लाख ५३ हजारको लागतमा प्रतियोगिता सम्पन्न हुने जनाए । खजुराको गिजरा क्षेत्रमा पाइने निलगाईलाई प्रतियोगिताको मस्कटकोरुपमा बिम्बित गरिएको उनले बताए । प्रतियोगिताको ब्यवस्थापकिय जिम्मेवारी जनता नमुना माबिलाई दिइएको अध्यक्ष बिकले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गरिएको र सम्पूर्ण समितिहरुले आ-आफ्नो कामको तयारी पुरा गरेको सचिवालय संयोजक माधव शर्माले बताए । भोलि १ बजेबाट सुरु हुने प्रतियोगिता १० गते सम्म चल्ने छ । खजुरा गाउँपालिकाले प्रतियोगिता अवधिभर विद्यालयका पठनपाठन स्थगित गरि विद्यार्थीहरुलाई प्रतियोगितामा पठाउन सूचना जारी गरेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : १३ बजे

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक

यूएईविरुद्ध नेपालको शानदार जित, ऐरी र आरिफको शतकीय साझेदारी

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको वार्म-अप