२१ माघ २०८२, बुधबार | February 4, 2026

खजुरामा सुरु भयो पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड



खजुरा । बाँकेको खजुरामा आइतबार देखि राष्ट्रपति रनिङशिल्ड अन्तर्गत पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार प्रतियोगिताको एक समारोहका बीच संघीय सासद एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय सासद राठौरले खजुराको विकास निम्ति आफु इमानदार भएर लागिरहेको बताए । उनँले भने, ‘यस क्षेत्रका जनतालाई म धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गरेर विजयी गराउनु भएको छ । म तपाईहरुको विश्वासलाई टुटन दिने छैन । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पुर्वाधारको विकासको लागि काम गरिरहेको छु ।’

गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले प्रतियोगिताको अध्यक्षको मन्तब्य ब्यक्त गर्दै प्रतियोगिताले खजुरा गाउँपालिकाको खेलकुदको स्तरलाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास प्रकट गरे ।

उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी र प्रदेश सभासद रत्न खत्रीले खजुरा क्षेत्र खेलकुदका क्षेत्रमा उर्वर क्षेत्र भएको भन्दैं खजुराको विकास लागि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले प्रतियोगिताले खजुराबाट नयाँ प्रतिभावान खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।

खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भैरहेको प्रतियोगिता माघ १० गते सम्म चल्नेछ । प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ६९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । १५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको प्रशासनिक एवम व्यवस्थापकीय कार्यलाई व्यवस्थित गर्न माधव शर्माको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ । रनिङ शिल्ड प्रतियोगिताको मैदानलाई व्यवस्थित गर्न सिटिजन नमुना माध्यमिक विद्यालय सिंगाउँका प्रधानाध्यापक नरेन्द्र ददेललाई फिल्ड मार्सल र सहायक फिल्ड मार्सलमा पशुपति माध्यमिक विद्यालय घियाका प्रधानाध्यापक टिका वलीलाई मनोनयन गरिएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छबि विष्टले बताए ।

प्रतियोगिताको मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विष्टले बताए ।

आधारभुत तह (कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ ।

आधारभुत तह (कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिकाभित्र रहेका विद्यालयहरुबाट एक–एक जना छात्र–छात्राहरुको सहभागिता रहने छ ।

खजुरा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिता पहिलो पटक शुक्र भलिबल स्टेडियममा हुन लागेको हो । यसअघि व्यवस्थापन गर्ने विद्यालयमा नै प्रतियोगिता आयोजना हुँदै आएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ३६ बजे

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक