३१ भदौ २०८३, बुधबार | September 16, 2026

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, आज रातिदेखि निषेधअवधि



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ । यही ११ माघमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार निर्वाचनको निषेधअवधि सोमबार मध्यराति १२ बजेबाट सुरु हुनेछ । ‘संवत् २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पूरा भएको छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।’

साथै आयोगले ११ माघ मतदानको दिन ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्वन्धित् प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : १७ बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत