२ पुस २०८२, बुधबार | December 17, 2025

तिलोत्तमा नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी, ५४ मध्ये ४६ स्वर्णको टुगो लाग्यो



तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा जारी पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा अहिलेसम्म ५४ मध्ये ४६ स्वर्ण पदकको टुगों लागेको छ ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा अहिलेसम्म कराँते र तेक्वान्दोतर्फका खेलहरु सम्पन्न भैसकेका छन भने एथ्लेटिक्स तर्फका केही खेलहरुको टुगों लागिसकेको छ ।

बुधबार ३ हजार मिटर दौड, ४ गुणे ४०० मिटर रिले दौड, ज्याभलिन थ्रो तथा भलिबल र कबड्ढीका सेमीफाइनल एवं फाइनल खेलहरु सम्पन्न गरिने आयोजक तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता बुधबार समापन हुनेछ ।

तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग छन भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ११ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल