२ पुस २०८२, बुधबार | December 17, 2025

यू-१९ विश्वकप क्रिकेट : आज नेपालले पाकिस्तानको सामना गर्दै



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो ।

पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।

यू-१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन् । त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल