८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रियसभा निर्वाचन : बालेन शाह र हर्क साम्पाङले गरेनन् मतदान



काठमाडौं। राष्ट्रियसभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ ।

तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान गरेनन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुगेका छैनन् । महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ ।

यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगरेका हुन्।

बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ५९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना