१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो।

यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो।

यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेकोछ। समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको हो।

समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने बताइएको छ भने जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ। जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ।

बैठकले १ भन्दा धेरै संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा भने त्यो संख्या बढ्ने जनाएको छ। समाजवादीको गाउँ/नगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ। कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लगिने छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ३७ बजे

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि