२३ माघ २०८२, शुक्रबार | February 6, 2026

संसदमा दृढताका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई ओलीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताए । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै ओलीले भने । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गरे। “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने । दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उनले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : २० बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा