३ भदौ २०८३, बुधबार | August 19, 2026

नवौ डाँफे कप : बाग्मती फाइनलमा



खजुरा । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको सेमि फाइनल खेलमा आयोजक टिमलाई हराउँदै बाग्मती स्पोर्टस क्लब फाइलन प्रवेश गरेको छ । आइतबार खजुराको मिनि रंगशाला मैदानमा भएको खेलमा २–१ को अन्तरले आयोजकलाई हराउँदै बाग्मति स्पोर्टस क्लबले फाइनलको यात्रा तय गरेको हो ।

८ औं डाँफे कपको उपाधि जितिसकेको बाग्मती स्पोर्टस क्लबले आइतबार भएको खेलको ९ मिनेटमा बाग्मतीका खेलाडी श्याम ब्यादीले पहिलो गोल गरेका थिए । पहिलो गोल गरेर खेललाई दवाबमा पारेको बाग्मती विरुद्ध न्यु डाँफेका खेलाडी ओम प्रकाश चौधरीले २२ औं मिनेटमा गोल गरि बराबरीमा ल्याए । पुनः खेलको ३३ मिनेटमा बाग्मती स्पोर्टस क्लबका अर्का खेलाडी विमल क्षेत्रीले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । विमलले गरेको गोल नै खेलको अन्तिम गोल बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्टस क्लबका गोल किपर सुदिप शाही बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडि गोल किपर शाहीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे ।

खेल संयोजक तिलकबीर सुनारका अनुसार सोमबार दोस्रो सेमिफाइनल खेल न्यु दर्पण स्पोर्टस क्लब र रेसिङ्ग साहारा बीच हुने छ । माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ ।

नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन् । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन् । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकविर सुनारले बताए । साथमा विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने आयाजकले जनाएको छ । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ३५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने