८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु



बुटवल । बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रमा जग्गाको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए।

अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएको बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराउने जनाउँदै उनले राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे। उनले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे। उनले पटकपटक नापजाँच गर्ने र लालपूर्जा वितरण नगर्ने काम भएकाले यसपटक पूर्जा दिने गरी प्रक्रिया पूरा गरेर नापजाँच गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाए । वडा नं १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे।

यसअघि बुटवल २ र ११ का अधिकांश पूर्जाविहिन जग्गाको नापजाँच भएर भूमि आयोगमा पठाइएको भएपनि हालसम्म पूर्जा वितरण भएको छैन।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ०४ बजे

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि