१६ बैशाख २०८३, बुधबार | April 29, 2026

शुक्रबारदेखि माओवादीको स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । माओवादीले विधान मस्यौदाबारे छलफल शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक तथा आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।

पार्टीको मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको माओवादीले जनाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको पार्टीका केन्द्रीय सचिव गणेश साहले बताए । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव साहले बताए ।

अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले बताए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने ब्यवस्था मिलाईएको उनले जानकारी दिए ।

मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : ०७ बजे

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा