२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलमा सुरु भयो भलिबलको कुम्भमेला : आजबाट मणिमुकुन्द राष्ट्रिय भलिबल सुरु

उद्घाटन खेलमा एपीएफ , बाग्मती र कोशी विजयी



बुटवल । आजबाट बुटवलमा भलिबलको कुम्भमेला सुरु भएको छ । पश्चिम क्षेत्रकै प्रतिनिधित्व गर्दै आएको मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट सुरु भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भएका छन् । जसमा बागमती प्रदेश, एपीएफ र कोशी प्रदेश विजयी भएका छन् । पहिलो खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच भएको थियो । जसमा बागमती विजयी भएको छ ।

बागमतीले कर्णालीलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ स्कोरमा जित हात पारेको हो । त्यसैगरी दोस्रो खेल कोशी प्रदेश र मधेश प्रदेशबीच खेल भएको थियो । जसमा कोशीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । कोशीले २६–२४, २५–१६ र २५–१३ को स्कोरमा जित हात पारेको हो ।

यसैगरी लुम्बिनी प्रदेश र एपीएफबीचको खेल एपीएफले जितेको छ । जसमा एपिएफ २१–२५, २५–२०, २५–१९, २०–२५ र १५–१० स्कोरको निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटमा विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार शुक्रबार हुन नसकेको नेपाल पुलिस र सुदूरपश्चिम प्रदेशको खेलसँगै त्रिभुवन आर्मी र मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन ४ वटा खेल सञ्चालन गरिने छ ।

खेल सुरुहुनु अघि प्रतियोगिताको उदघाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने बताए । रुपन्देहीमा सुरु भएको राष्ट्रिय भलिबल खेलले खेलाडीहरुको खेल क्षेमताको विकाससँगै प्रदेसकै पहिचान बनाउने बताए ।

खेलकुद क्षेत्रमा आफनो मन्त्रालयले धेरै सहयोग गर्दै आएको भन्दै मन्त्री गुप्ताले खेलकुदका क्षेत्रमा रहेका हरेक समस्याहरु समाधान र्गन आफु तैयार रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले खेलकुदको विकासले सबै क्षेत्रको बिकासमा सहयोग पुग्ने बताए । मानिस स्वस्थ रहन खेलकुद जरुरी रहेको भन्दै उनले स्वस्थ मानिसहरुलेनै देश विकासका लागि योगदान गर्न सक्ने हुँदा खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए ।

भलिबल खेल आयोजना गर्न आफनो क्लबको जग्गा नहुँदा पटक पटक खेल आयोजना हुँदा दशौं लाख अस्थायी संरचना निमार्णमा खर्च हुँदै आएको भन्दै नगर प्रमुख खाणले आउने प्रतियोगितामा स्थायी संरचना बनाउन आफु र स्थानीय सरकार लागिपर्ने बताए ।

नेपाल भलिबल सँघका महासचिब रोशन श्रेष्ठले भलिबल खेल राष्ट्रिय खेल भएपनी राज्यको तर्फबाट भनेजस्तो सहयोग हुन नसकेको गुनासो गरे । देशका सबै क्षेत्रमा खेलिने खेल भएपनी यसको विकास र पुर्वाधार निमार्ण गर्न कसैको ध्यान नपुगेको बताए । कार्यक्रममा खेल संयोजक सुरेन्द्र गुरुङ, क्लवका अध्यक्ष लोकन्द्र भण्डारी, निवर्तमान अध्यक्ष मिलन राना लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ५९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल