२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

विद्यालयस्तरीय बुटवल मेयर कप फुटबलमा शनिबार पनि ८ खेल सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार पनि ८ वटा खेल सम्पन्न भएका छन ।

शनिबार एन्फा टेक्निकल सेन्टरमा भएका खेलमा एभरेस्ट मावि र मणिमुकुन्द माविबीचको खेल २-० ले एभरेस्ट विजयी भएको छ ।

कालिका मानवज्ञान मावि र प्रगति माविबीचको खेलमा १-० गोलअन्तरले प्रगति विजयी भएको छ भने स्कलर्स मावि र न्यु होराइजन माविका बीचमा भएको खेलमा १-० गोल अन्तरले स्कलर्स विजयी भएको छ ।

यस्तै एन्फा खेलमैदानमै भएको एभरेस्ट मावि र प्रगति मावि बीचको खेलमा २-० गोलअन्तरले एभरेस्ट विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै जबई खेल मैदानमा इन्टलेक्चुअल मावि र मोतिपुर ३-० गोलअन्तरले मोतीपुर विजयी भयो भने ज्ञानोदय मावि र क्यानन माविबीचमा भएको खेल बराबरी भएपछि टाइब्रेकरमा ५-३ गोलअन्तरले ज्ञानोदय विजयी भएको छ । यस्तै सरस्वती मावि र कान्ति माविबीचको खेल टाइब्रेकरमा जाँदा सरस्वती ३-२ अन्तरले विजयी भएको छ। यस्तै गरी उजिरसिंह मावि र मोतिपुर मावि बीचको खेलमा ३-० ले उजिरसिंह विजयी भएको खेल सहसंयोजक इश्वर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ०१ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र