४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने



बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन् ।

आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २-० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो ।

फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १-० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो ।

यस्तै जबइ खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १-० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो । यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३-१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : १२ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि