३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

माओवादी केन्द्रीय समिति बैठकः प्रदेश इञ्चार्ज र अध्यक्षहरुको ‘रिपोर्टिङ’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन् ।

बैठकमा प्रदेशका ‘इञ्चार्ज’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएको पार्टीका सचिव गणेश साहले जानकारी दिए । बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि पोखरेल, बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले ‘जनतासँग माओवादी विशेष अभियान’ का सन्दर्भमा ‘रिपोर्टिङ’ गरेका थिए ।

यसैगरी कर्णाली प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इञ्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इञ्चार्ज गिरिराजमणि पोखरेल, प्रवास समितिका इञ्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा लेखा आयोगका संयोजक पेशल खतिवडा, अनुशासन आयोगका अध्यक्ष टङ्क राईले पनि आफ्नो धारणा राखेका थिए ।

रिपोर्टिङका क्रममा उनीहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए । पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उनीहरुको कथन थियो । प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएकाले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

बैठकमा ‘जनतासँग माओवादी विशेष अभियान’ मा प्राप्त सुझावका बारेमा रिपोर्टिङ गर्ने क्रम सुरु भएको र बैठक पुनः सोमबार पनि बस्ने सचिव साहले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ३७ बजे

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन

देशभरका सुकुम्बासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग (फोटो फिचरसहित)

बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले