२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडी-१ ले प्रत्यक्ष प्रसारण गर्ने



काठमाडौं । नामिबिया र नेदरल्यान्ड सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ।

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीसहोम एक्सन स्पोर्टस एचडी १ ले विहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ।

सो सिरिज खेलमा तीनै टोलीले एक अर्कासँग दुई पटक खेल्ने छन्।लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टसए एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने छ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोम गोएपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ।

कीर्तिपुर स्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फेब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड् तथा फेब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्बीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड् सहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स र अमेरिका छन् ।

लिग २ मा हरेक टोलीले ३६ खेल खेल्ने छन् । उक्त सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गोएप्समा हेर्न पाइने छ। लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्नेछ ।

सबै खेल विहान सवा ९ बजेदेखि सुरु हुनेछ ।तीन वर्ष सम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्न पाउने छ । पुछारका ४टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : ४६ बजे

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई