२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

लखनउ र दिल्लीबाट नेपालगन्जका लागि भारतीय बस सेवा संचालनमा



नेपालगन्ज । नेपाली यातायात ब्यवसायीहरुले मात्र आहिलेसम्म नेपाल-भारत मैत्री बससेवा संचालन गरिरहेकोमा अवदेखि भारतीय ब्यवसायीलेपनि भारतबाट नेपालका लागि यात्री बस संचालन गर्ने भएका छन् । भारतीय यातायात कम्पनीबाट अव भारतीय सहर लखनउ र दिल्लीबाट नेपालका लागि बस सेवा संचालन हुने भएको हो । यसअघि नेपालबाट नेपाली बसहरु भारतका बिभिन्न सशरहरुमा जाने गरेकोमा अब भारतबाट पनि भारतीय बस नेपाल आउने भएको हो ।

सीमावर्ती बजार रुपैडिहा बस स्टेशनमा आज एक औपचारिक कार्यक्रम गरि लखनउ र दिल्लीबाट नेपालगन्ज सम्म चल्ने बस सेवाको उद्घाटन गरिएको छ । नारापाराका विधायक रामनिवास बर्मा, नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर बैश्य, ब्लाक प्रमुख नबानबगन्ज जेपी सिंह, उत्तर प्रदेशका परिवाहन विभागका प्रबन्धक आरबीएल शर्मालगायतले भारत नेपाल मैत्री बस सेवाको उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै रुपैडिहा नगर पञ्चायत अध्यक्ष वैश्यले सिधा बस सेवाले नेपाली यात्रुहरुलाई लाभ पुग्ने र बीच बाटोमा यात्रु लुटिने घटनामा पनि अंकुश लाग्ने बताए ।

सेवा प्रबन्धक आरबीएल शर्माले नेपालगन्जबाट लखनउ जाने पाँच बस, दिल्ली जाने पाँच बसलाई अनुमति दिइएको जानकारी दिए । उनले अयोध्या जाने दर्शनार्थीलाई लक्षित गरेर रुपैडिहाबाट बस सेवा सुरु गर्न लागेको पनि जनाए ।

उनले बनारसका लागि रुपैडिहाबाट बिहान ८ बजेदेखि छुट्ने बस सेवाले अयोध्या जाने यात्रुलाई पनि सेवा दिने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ११ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको