२९ भदौ २०८३, सोमबार | September 14, 2026

लखनउ र दिल्लीबाट नेपालगन्जका लागि भारतीय बस सेवा संचालनमा



नेपालगन्ज । नेपाली यातायात ब्यवसायीहरुले मात्र आहिलेसम्म नेपाल-भारत मैत्री बससेवा संचालन गरिरहेकोमा अवदेखि भारतीय ब्यवसायीलेपनि भारतबाट नेपालका लागि यात्री बस संचालन गर्ने भएका छन् । भारतीय यातायात कम्पनीबाट अव भारतीय सहर लखनउ र दिल्लीबाट नेपालका लागि बस सेवा संचालन हुने भएको हो । यसअघि नेपालबाट नेपाली बसहरु भारतका बिभिन्न सशरहरुमा जाने गरेकोमा अब भारतबाट पनि भारतीय बस नेपाल आउने भएको हो ।

सीमावर्ती बजार रुपैडिहा बस स्टेशनमा आज एक औपचारिक कार्यक्रम गरि लखनउ र दिल्लीबाट नेपालगन्ज सम्म चल्ने बस सेवाको उद्घाटन गरिएको छ । नारापाराका विधायक रामनिवास बर्मा, नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर बैश्य, ब्लाक प्रमुख नबानबगन्ज जेपी सिंह, उत्तर प्रदेशका परिवाहन विभागका प्रबन्धक आरबीएल शर्मालगायतले भारत नेपाल मैत्री बस सेवाको उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै रुपैडिहा नगर पञ्चायत अध्यक्ष वैश्यले सिधा बस सेवाले नेपाली यात्रुहरुलाई लाभ पुग्ने र बीच बाटोमा यात्रु लुटिने घटनामा पनि अंकुश लाग्ने बताए ।

सेवा प्रबन्धक आरबीएल शर्माले नेपालगन्जबाट लखनउ जाने पाँच बस, दिल्ली जाने पाँच बसलाई अनुमति दिइएको जानकारी दिए । उनले अयोध्या जाने दर्शनार्थीलाई लक्षित गरेर रुपैडिहाबाट बस सेवा सुरु गर्न लागेको पनि जनाए ।

उनले बनारसका लागि रुपैडिहाबाट बिहान ८ बजेदेखि छुट्ने बस सेवाले अयोध्या जाने यात्रुलाई पनि सेवा दिने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ