३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी



काठमाडौ । कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।
योग्यता पुगेका इच्छुक आवेदकले शुक्रबारदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : ४९ बजे

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार