१६ पुस २०८२, बुधबार | December 31, 2025

बालकुमारी घटनाबारे एमालेले आज पनि माग्यो मन्त्रीको राजीनामा



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले विभिन्न घटनामा मुछिएका तीन मन्त्रीको राजीनामा मागेका हुन् । साथै उक्त घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने उनको माग छ ।

दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गर्दै उनले सोही प्रतिवेदनले दोषी देखाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताए ।

साथै एमालेले टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा मागेको हो।

बालकुमारी घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने पनि एमाले सांसद भट्टराईले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ५० बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको