५ पुस २०८२, शनिबार | December 21, 2025

विज्ञान प्रविधीसँगै संस्कृत भाषालाई विद्यालयले गरेको माया अतुलनीय रहेको छ : पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल



तिलोत्तमा । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधीसँगै संस्कृत भाषाको उत्थानमा गीवार्ण माविले खेलेको भुमिका अतुलनिय रहेको बताएका छन ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अंग्रेजी र नेपालीसँगै भाषिक महत्वलाई उच्च कोटीमा राखेर संस्कृत विषयलाई समेत पठनपाठन गराउदै आएकोमा विद्यालयको प्रशंशा गरे । श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, तिलोत्तमा-५, मणिग्रामको ५८ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध समेत रहेको बताउदै गीर्वाण माविको पहिचानलाई थप उचाई प्रदान गर्न जस्तोसुकै त्याग गर्न समेत तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख एवं विशिष्ट अतिथि जागेश्वर देवी चौधरीले अनुशाशित विद्यार्थी उत्पादन गर्ने शिक्षालयको रुपमा आफुलाई स्थापित गर्न गीर्वाण मावि सफल भएको भन्दै विद्यालयको प्रशंशा गरे । सभ्य समाज निर्माणका लागी शिक्षाको महत्वपुर्ण भुमिका रहने भएकाले संस्कृत भाषालाई समेत उत्तिकै महत्व दिएकोमा विद्यालयलाई धन्यबाद दिए । गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागी केन्द्र सरकार, प्रदेश एवं स्थानीय तहलाई सहयोगको दायरा बढाउन आग्रह गरे ।

सो अवसरमा् अतिथीहरु जीवन विज्ञान संस्थाका संस्थापक एल पी भानु शर्मा, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका माधव बन्जाडे, तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, विद्यालयका सल्लाहकारहरु ऋषिराम भूषाल, कविराम अर्याल, रामचन्द्र पाण्डेय, लालमणि सुवेदी लगायतको सहभागिता रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकाशमा लागिपर्ने अक्षयकोषदाता, बस खरिदमा सहयोग पुर्याउने समाजसेवी, शिक्षक, कर्मचारी, विद्यार्थी, लगायत विभिन्न ब्यक्ति विशेषलाई सम्मान गरिएको थियो । विद्यालयका सह प्रअ दयानिधी आचार्यको स्वागत रहेको कार्यक्रममा विद्यालयका शिक्षक कृष्ण पोख्ररेलले मुल समारोह तर्फ एवं शिक्षक उदयराज बस्याल र बासुदेव गौतमले अतिरिक्त क्रियाकलाप तर्फको कार्यक्रम सन्चालन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ०९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ