२४ भदौ २०८३, बुधबार | September 9, 2026

पूर्वप्रेमिकाको हत्या गरेको अभियोगमा कोहलपुरबाट रामसिंह थारु पक्राउ



कोहलपुर । बाँकेको कोहलपुरबाट पूर्वप्रेमीकाको घाँटी थिचेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई आफ्नै पूर्वप्रेमीकाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार बैजनाथ गाउँपालिका ५ मा बारबर्दिया नगरपालिका–९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरीको शव फेला परेको थियो । मृतक उर्मिला रामसिंहको पूर्वप्रेमीका रहेको र मनमुटाव हुँदा उनको रामसिंहले घाँटी थिचेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बिबाह पूर्व प्रेम सम्बनधमा रहेका दुबैजनाले बिबाह पछि पनि सम्बन्ध कायम राखेको र गत फागुन १७ गते राति भेटघाटका प्रेमीका चौधरी बैजनाथ गाउँपालिका ५ मा आएकी थिइन् । सोही क्रममा उनीहरुबीच केही मनमुटाव भएको र रिस आवेगमा रामसिंहले पूर्वप्रेमीका उर्मिलाको घाँटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।

मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका –५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला परेको थियो ।

पक्राउ परेका रामसिंहलाई बाँके जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : १६ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४