२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको घटनास्थलमै मृत्यु



चितवन । चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।

आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईको बायाँ हातमा भित्रि चोट लागेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ५६ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका