२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

देउवाले नेपाललाई गरे प्रस्ताव – मिलेर अघि बढौं



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपाल भेट्न पत्नी आरजु र मुख्य सचेतक रमेश लेखकसहित कोटेश्वर पुगेका देउवाले नेपालसँग विकसित घटनाक्रममा मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।
जवाफमा नेपालले आफ्नो पार्टीको सचिवालय बैठक आजै बस्न लागेको जानकारी गराउँदै सोही बैठकमा प्रस्तावबारे छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि हिजोदेखि कांग्रेसले अन्य दलहरुलाई सहकार्यको प्रस्ताव गरिरहेको छ ।

नेपालसँगको भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको बताउँदै छलफल सकारात्मक रहेको बताए । उनले छलफललाई निरन्तरता दिने जनाए ।

यसअघि, अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ कोटेश्वर पुगेका थिए । नेपाल र ओलीबीच तीन वर्षपछि औपचारिक रुपमा भेट भएको थियो ।

कांग्रेसले रास्वाप, जसपा र राप्रपासँग पनि छलफललाई निरन्तरता दिइरहेको छ । प्रचण्डले आफुलाई धोका दिएको निस्कर्षमा पुगेका देउवाले नयाँ गठबन्धनको पक्षमा बहुमत पुर्याउन नदिने रणनीतिअनुसार अन्य दलहरुसँगको भेटघाट र प्रधानमन्त्रीसम्मको अफरलाई तिब्र बनाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : २१ बजे

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले