२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन ।

राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन ।

“महाशिवरात्रिको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्नुपर्दछ,” राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।”

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गरेका छन । शुभकामना सन्देशमा भनिएको छ, “निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।”

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू-भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभइ समस्त हिन्दूका लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिव स्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ४३ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित