२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस् : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन ।

गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनेका छन-संविधान प्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढङ्गले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पु¥याउदै आएको योगदानकोख प्रशंसा गर्न चाहन्छु ।

राष्ट्रपतिले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ५३ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित