१० श्रावण २०८३, आइतबार | July 27, 2026

नयाँ गठबन्धनलाई समर्थन गर्न र सरकारमा सहभागी हुन अन्य दललाई एमालेको आग्रह

७५औं पार्टी स्थापना दिवस भव्य मनाउने 



काठमाडौं । नेकपा एमालेले नयाँ गठबन्धनलाई समर्थन गर्न र सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

नया सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको आज बसेको सचिवालय बैठकले गठबन्धनमा सहभागी हुन अन्य दलहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले संचारकर्मीसँग सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रुपमा लिँदै सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको बताए । उनले भने, ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ ।’

बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद आयोजना गर्ने तथा वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ४२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले