३ पुस २०८२, बिहिबार | December 18, 2025

ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार-२१५१ ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहेका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताएका छन ।

ग्याल्पो ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसियाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक-परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गरेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ३० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको