२३ श्रावण २०८३, शनिबार | August 9, 2026

नेपालमा १ महिनामै घटे ९ लाख मोबाइल प्रयोगकर्ता



काठमाडौं । ३ करोड जनसङ्ख्या भएको मुलुकमा ४ करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो ।

सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो ।

तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ । आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार पुसपछि जीएसएम ग्राहकको कुल सङ्ख्यामा व्यापक गिरावट आउन थालेको हो ।

पुसमा जीएसएम ग्राहकको सङ्ख्या अहिलेसम्मकै बढी अर्थात् ४ करोड ५ लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर ३ करोड ९१ लाख १३ हजार पुग्यो । त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।

माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल सङ्ख्या तीन करोड ६३ लाख पुग्यो । कुनै एउटा महिनामा दूरसञ्चार सेवा प्रदायकले गुमाएको अहिलेसम्मकै धेरै सङ्ख्यासमेत थियो त्यो । त्यतिबेला पनि ग्राहक गुमाउने नेपाल टेलिकम मात्रै थियो ।

प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक सङ्ख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो । चैतसम्म पुग्दा ठूलो सङ्ख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर ३ करोड ६२ लाख कायम भयो । त्यतिबेला ग्राहक गुमाउनेमा एनसेल मात्र थियो । एनसेलले करिब एक लाख ग्राहक गुमाएको थियो । टेलिकमले भने सामान्य भए पनि आफ्नो ग्राहक आधार बढायो ।

प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको सङ्ख्या तीन करोड ५३ लाख ३५ हजार छ । जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो । वैशाखमा जीएसएम ग्राहक सङ्ख्या तीन करोड ६१ लाख ७२ हजार थियो ।

त्यतिबेला टेलिकमको ग्राहक सङ्ख्या एक करोड ७७ लाख र एनसेलको करिब एक करोड ६३ लाख थियो । जब कि जेठमा दुवै कम्पनीका ग्राहक घटेर टेलिकमको एक करोड ७२ लाख ७७ हजार र एनसेलको १ करोड ५९ लाख १६ हजार कायम थियो ।

यसको अर्थ टेलिकमले वैशाख र जेठमा करिब ५ लाख र एनसेलले ४ लाख गरेर ९ लाख ग्राहक गुमाउन पुगे ।

तेस्रो प्रतिस्पर्धी स्मार्ट टेलिकमको जेठसम्म ग्राहक सङ्ख्या भने २१ लाख ४१ हजार पुगेको तथ्याङ्कले देखाउँछ ।

पुसमा मोबाइलको पहुँच कुल जनसङ्ख्याभन्दा ४३.२२ ले बढी रहेकामा जेठसम्म आइपुग्दा पहुँच १९.३२ प्रतिशतले घटेर १२३.९० कायम भयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ३५ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी