२० श्रावण २०८३, बुधबार | August 5, 2026

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ



काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ । बिहान ११ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षता गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यसअघि संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्ष सहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् ।

राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३१ बजे

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते