९ पुस २०८२, बुधबार | December 24, 2025

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु



बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । बुधबार एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले साप्ताहिक कार्यक्रमको शुभारम्भ गरेका हुन ।

सो अवसरमा बोल्दै शर्माले समाजले पत्याएको क्याम्पसका हरेका कार्यक्रम सामाजिक उत्तरदायित्वसंग जोडिने बताउँदै शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको विकास गर्ने बताए । वार्षिकोत्सवको पहिलो दिन आज महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्राध्यापक रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक तिर्थराज काफ्लेले गरेकी थिइन । १६ जना विद्यार्थी सहभागी प्रतियोगितामा भुवन पन्थी प्रथम, सुजाता पौडेल द्धितिय, पार्वता घिमिरेले तृतिय स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताए ।

कार्यक्रममा निर्णयकको भूमिकामा उषादेवी रेग्मी, शेषकान्त अर्याल, पुरुषोतम ज्ञवाली रहेका थिए । वार्षिकोत्सव अन्तर्गतका विभिन्न कार्यक्रमको तयारी तिब्र पारिएको अर्का सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिए ।

क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको प्राध्यापक ताराप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : ०३ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका