२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

९ लाख चोरी गरेर भागेको १२ घण्टा नपुग्दै चोरहरु पक्राउ



नेपालगन्ज । नेपालगञ्जमा एक घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जना चोरहरु चोरी गरेको १२ घण्टा नपुग्दै समातिएका छन् । मध्य दिउँसो पैसा चोरेर भागेका उनीहरुलाई रात नबित्दै प्रहरीले एक होटलबाट समातेको हो ।

नेपालगन्ज- १, कुर्मीटोलमा स्थानीय गोविन्द बर्माको घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जनालाई चोरी गरेकै राती पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जुम्ला स्थायी घर भइ नेपालगन्ज- १ को जुम्ली टोलमा अस्थायी बसोबास गर्दै आएका दीपक बस्याल, प्रकाश खड्का र केसे सार्की रहेका छन् । उनीहरुलाई राँझास्थित एक होटलबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । होटलबाट समातिएका उनीहरुको साथबाट प्रहरीले सात लाख ८३ हजार ३ सय ७० रुपैया बरामद गरेको छ । पक्राउ परेकाहरुबाट चार सय मिलिग्राम ब्राउनसुगरसमेत बरामद भएको डीएसपी डाँगीले बताए ।

बैंकबाट काम विशेषले नगद निकालेर घर पुगेका बर्माको पक्राउ परेका ३ जनाले बैंकबाटै पिछा गर्दै आएको र घरमा राखेर छिमेकमा निस्के लगत्तै उनीहरुले रकम चोरी गरेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : १४ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा