२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ



काठमाडौं । विवादास्पदक व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रैबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् ।

झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले आज सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । सुरक्षाकर्मीले खानतलासी गर्दा हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा खड्का पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार र त्यसमा लाग्ने १०० थान गोली बरामद भएको छ ।
खड्का प्रसाईंंका बडिगार्डको रुपमा काम गरिरहेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रसाईं आज आफ्नो मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया