७ भदौ २०८३, आइतबार | August 23, 2026

आजको मौसम : देशका केही पहाडी भू-भागका एक दुई स्थानमा वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी  प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ०९ बजे

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा