२४ भदौ २०८३, बुधबार | September 9, 2026

कोदालोले हानेर आफ्नै श्रीमतीको हत्या, अन्य २ जना घाइते



बैतडी । बैतडीमा कोदालो प्रहारबाट घाइते भएका तीन जनामध्ये एकको मृत्यु भएको छ।

घाइते भएकी ५६ वर्षीया पार्वती धामीको डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। आज(बिहीवार) बिहान डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले श्रीमतीसहित ३ जनालाई कोदालो प्रहार गरेका थिए।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको मृत्यु भएको र अन्य दुई जनालाई कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वपर्षीय सुभाष कलौनी र गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको छ।

कलौनी र भट्ट धामीको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाको कारण भने खुलेको छैन। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ८ : ५४ बजे

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन