२६ बैशाख २०८१, बुधबार | May 9, 2024

जनक शिक्षाको पुस्तक ढुवानीमै लाखौं फजुल खर्च, खजुराको छापाखाना खण्डहरमा परिणत हुँदै



खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना झण्डै ३ दशक पुग्न लाग्दा सम्मपनि अलपत्र अवस्थामा रहेको छ। साबिक मध्य र सुदूरपश्चिमका जिल्ला त्यसमा पनि अति दुर्गम मानिएको कर्णालीका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा बाँकेको खजुरामा पाठ्यपुस्तक छाप्ने भन्दै छापाखाना स्थापना गरिएको भएपनि संचालनमा नआउँदा छापाखानाका भौतिक सम्पत्ती खण्डहरमा परिणत हुन थालेका छन् ।

भौतिक पूर्वाधार तयार भएर प्रेस समेत स्थापना भएरपनि छापाखाना संचालनमा नआउँदा भवन जिर्ण बन्नुका साथै मसिनरिहरुमा खिया लाग्न थालेको छ । खजुराको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा पाठ्यपुस्तक पुर्‍याउँदा ठुलो ढुवानी खर्च ब्यहोर्दै आएको छ ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो। त्यसपछि थप दुई करोड रुपैयाँको लागतमा थप दुईवटा गोदाम भवन निर्माण गरिएको छ । छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन कहिले कोभिड अस्पताल त कहिले प्रहरीको बासस्थान बन्ने गरेको छ । छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ भने मेसिनमा खिया लाग्ने अवस्थामा पुगेको बताइएको छ । छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन अलपत्र परेको छ ।

छापाखानाको भवनमा कोरोनाकालमा खजुरा गाउँपालिकाले कोभिड अस्पताल बनाएको थियो भने हाल इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरीहरु बस्दै आएका छन् ।

‘‘छापाखाना सञ्चालन हुन नसक्नुको मुख्य कारण बजेट र योजना अभाव भएको जनक शिक्षा सामाग्री केन्द्र, सानो ठिमीमा सूचना अधिकारी रबिन्द्र शर्मा बताउँछन् । जनक शिक्षाले आफुसँग भएको र आफुले गर्न सक्ने लगानी खजुरामा गरिसकेको र अव छापाखाना संचालन गर्न सरकारले बजेट दिनु पर्ने शर्माको भनाई छ । सरकारले बजेट दिएमा तत्कालै छापाखाना संचालन गर्न सकिने अवस्थामा रहेको सूचना अधिकारी शर्माले दाबी गरे । पूर्णरुपमा छापाखाना चलाउन थप फोर–कलर मेसिन आवश्यक पर्ने उनको भनाई छ । फोर कलर मेसिन र पर्खाल निर्माणलगायत पूर्वाधार पूरा गर्न करिब १० करोड रुपैयाँ सरकारले दिए तुरुन्तै छापाखाना चलाउन सकिने शर्माले बताए। फोर–कलर मेसिन खरिद गरेर खजुरामै छपाइ गर्न सकिएको खण्डमा छिटो, छरितो रूपमा पाठ्यपुस्तक उपलब्ध गराउनुका साथै ढुवानी खर्च पनि कम लाग्ने शर्माको जिकिर छ।

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पनि जनक शिक्षामा भने केन्द्रमुखी प्रबृत्ति कायम रहेको देखिएको छ । जनक शिक्षाका केही उच्च अधिकारीहरुको काठमाडौं बाहिर जाने इच्छा नदेखाउनु र उनीहरुले सकेसम्म काठमाडौ बाहिर जान नपरे हुन्थ्यो भन्ने चाहानाका कारण मन्धालयमा त्यसै अनुसारको लबिङ हुने गरेको स्रोतको दाबी छ । तर सूचना अधिकारी शर्मा भने त्यसलाई आरोपलाई अस्वीकार गर्दै सरकारले बजेट दिएमा र खटाएको स्थानमा कर्मचारी जान कुनै आपत्ती नभएको बताउँछन् ।

जनक शिक्षाको नेपालगन्ज शाखाका प्रमुख होमराज ढुँगेलले पनि सरकारबाट बजेट पाए छापाखाना चलाउन असहज नभएको बताउँछन् । उनले खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोहरुलाई पाठ्यपुस्तक पठाउन कम ढुवानी खर्चमा समयमा पठाउन सकिने बताए ।

जनक शिक्षाको भातिक संरचना खण्डहर बन्दै गएको सम्बन्धमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले जनक शिक्षाले छापाखाना नचलाउने भए लुम्बिनी प्रादेशीक विश्वबिद्यालयलाई सम्पत्ति हस्तान्तरण गर्नुपर्ने बताउँछन् । उनले आफुले पनि नचलाउने र विश्वबिद्यालयलाई पनि भौतिक संरचना प्रयोग गर्न नदिनु गलत भएको बताए । विश्वबिद्यालयका लागि भवन माग्न जाँदा यसै वर्ष देखि छापाखाना संचालन हुने जानकारी पाएको पालिका अध्यक्ष बिकले बताए ।

सरकारले हाल कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक निजी छापाखानाबाट छाप्दै आएको छ भने ५ देखि १२ कक्षा सम्मको पाठ्यपुस्तक आफ्नै छापाखानामा छाप्दै आएको छ । स्रोतका अनुसार जनक शिक्षाले पुस्तक छाप्ने कागज समेत महेन्द्रनगर भन्सार र नेपालगन्ज भन्सारबाट छुटाएर काठमाडौं लैजाने र त्यहाँबाट पुस्तक छापेर पठाउने गरेको छ । कागज र पुस्तकको ढुवानीमा नै लाखौं अतिरिक्त खर्च गर्ने गरेको केन्द्रले खजुराबाट पुस्तक छाप्दा केन्द्रको लाखौं रुपैयाँ बचत हुने केन्द्रका कर्मचारीहरु स्वयम स्वीकार गर्दछन् ।

जनक शिक्षाले काठमाडौंमा छापेका पाठ्यपुस्तक हरेक वर्ष नयाँ शैक्षिक सत्रमा लाखौं रुपैयाँमा ढुवानी गरेर नेपालगन्ज ल्याउने र नेपालगन्जमा रहेको गोदामबाट बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्युठान, पूर्वीरुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : २७ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s