१९ असार २०८३, शुक्रबार | July 3, 2026

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’लाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता



कपिलवस्तु । सिद्धार्थ बिजनेश ग्रेप अफ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा संचालनमा रहेको ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी सो रिसोर्टलाई स्तरउन्नति सहित चार तारेको प्रमाणपत्र दिएको हो ।

‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ पर्यटन विभागले भनेको छ ।

२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ुफिस फार्मु समेत रहेको छ ।

त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले दाबी गरे ।

रिसोर्टले यसअघि ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ४८ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि