१० भदौ २०८३, बुधबार | August 26, 2026

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै



भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने भएको छ ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजना यहाँ रहेको होटल सिद्धार्थ भिलासामा सञ्चालन हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तरराष्ट्रिय खानासम्मका स्वाद प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार महोत्सवमा नेवारी, हिमाली, थारू, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानाका साथै ‘कन्टिनेन्टल’, भारतीय, चिनियाँ, अरेबिक तथा ‘मेडिटेरियन’ परिकारका स्टल रहनेछन् ।

महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवर्द्धन गर्दै विभिन्न समुदाय र भेगका मौलिक स्वादलाई एकैथलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा ‘ग्रुप’अन्तर्गत देशका विभिन्न सहरमा सञ्चालित ‘आउटलेट’मा कार्यरत ‘सेफ’हरूले आ–आफ्नो क्षेत्रका विशेष परिकार तयार गर्नेछन् ।

कार्यक्रममा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल तथा अन्य मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । खाना पकाउने प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले सिद्धार्थ ‘हस्पिटालिटी ग्रुप’ मा सम्पर्क गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

महोत्सवको पहिलो दिन विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुति दिने छन् । दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारहरूले पनि लोक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यक्रम दैनिक दिउँसो ३ः०० देखि राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ । त्यस अवधिमा आगन्तुकले आफूले चाहेका परिकारको स्वाद लिन सक्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका क्षेत्रीय कार्यकारी निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिए ।

ग्रुपले हाल देशभर आफ्नै तथा व्यवस्थापन ‘मोडेल’मार्फत ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ भने करिब दुई हजार ५०० जनालाई रोजगारी प्रदान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १० : ११ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा