२४ मंसिर २०८२, बुधबार | December 10, 2025

रुपन्देहीको सियारीमा कटुपिटगरी ७० वर्षिया बृद्धाको हत्या, एकजना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ७० वर्षिया महिलालाई कुटपिट गरि हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका वडा नं. ७ रामजानकी टोलका २९ वषिइ प्रभुनाथ थारु रहेका छन् ।

प्रहरीका अनुसार १३ गते राती १२ः३० बजेको समयमा जिल्ला रुपन्देही सुद्धोधन गाउँपालिका वडा नं. ६ घर भई हाल जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नं. ७ रामजानकी टोल स्थित छोरी ज्वाँइ चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० वर्षिया उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी सख्त घाईते बनाईएको थियो । घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीका प्रहरी निरीक्षक लोक बहादुर जि.सी.को कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगि तल्काल घाईतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ब्यक्तिको पहिचान एवम् खोजतलास गर्ने क्रममा प्रहरीले थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए ।

पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा बृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले बृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ३७ बजे

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता